It is a pleasure to welcome you all to the website of FEDEN. The website will help you to know about FEDEN and keep abreast of its activities. The national meeting of district chairpersons of FEDEN held on 22 June 2012 (8 Ashad 2069) in Kathmandu decided to hold the Second General Convention of FEDEN on 18-19 January 2013 (5-6 Magh 2069). In preparation for the Second General Convention the meeting also decided to complete the district conventions by the end of Kartik 2069 and regional conventions by Mangsir 2069. I urge all FEDEN members and office bearers at all levels to help make the Second Convention a more eventful occasion than the first one. Let the Second Convention further strengthen our resolve in FEDEN's mission of mobilizing Nepal's NGO movement in strengthening democracy to contribute towards a peaceful, prosperous, just and inclusive Nepal.

Read more

िमती २०७० मंसीर ४
निर्बाचन पर्यबेक्षण सम्बन्धी प्रेश विज्ञप्ती

 

आज मंसीर ४ गते दोश्रो संविधान सभा निर्बाचन समग्रमा शान्तीपूर्ण सम्पन्न भएकोछ । यस सस्थाले कुनै पनि देशी तथा बिदेशी संस्थाहरुबाट सहयोग विना नै ४८ जिल्लामा ३२० जना पर्यबेक्षकहरु खाटाईएको थियो । पर्यबेक्षकहरुबाट आएको जानकारी अनुसार निम्नलिखीत प्ररम्भीक निकर्ष निकालीएको जानकारी गराउदछौं ।

 

१= गोरखामा एक दर्जन भन्दा बढी, सिराहा, दैलेख, बझाङ लगाएतका केही जिल्लामा बुज क्याम्चर भएको र राजनितीक दलहरुले मतदान दोहर्याउन निर्बाचन आयोगलाई आग्रह गरिएको तर आयोगबाट सुनुवाई नभएको भनिएको छ । यसबारेमा निर्बाचन आयोगले छानबिन गरोस् र आम जनतालाई सूसुचित गर्ने कार्य गरोस भन्ने आग्रह गर्दछौं ।

 

२. अन्य जिल्लाहरुमा समेत केही बुथहरुमा पाटी प्रतिनीधहिरु विच सामान्य बिबाद भएको भए पनि समझदारी पछी मतदान सम्पन्न भएकोछ ।

 

३= यस पटक महिलाहरु र युवाहरुको बढि र सक्रिय सहभागीता देखीयो जुन राम्रो पक्ष रहेको छ ।

 

४= केही प्रर्यबेक्षकले पर्यबेक्षणमा प्रयोग गर्ने सबारीसाधन मतदाताहरु ओसर पसार गर्नको लागी प्रयोग गरेको देखीयो । पर्यबेक्षणको लागी एकै संस्थाबाट सजिलो र पाएक पर्ने बुथहरुमा बढि पर्यबेक्षण गरिएको देखीएको । एक संस्थाबाट एक बुथमा १५ जना सम्म व्यक्तिहरु पर्यबेक्षणको लागी जाने तर टाढा र पाएक नपर्ने ठाँउमा भने नगएको देखीयो ।

 

५= ठुला दलहरुले निर्बाचन आचार संहिता पालना नगरको घटना प्रशस्त देखीयो । भित्ते लेखन, व्यानर, पम्पलेटहरु जाहातही प्रयोग भएको भेटीएको थियो भने निर्बाचन आयोगले कारबाहीको लागी भएको सिफारिस समेत नेपाल सरकारले अबज्ञा गरेको पाईयो । राजनीतीक दलहरुले पनि निर्बाचन आयोगकोले गरको सचेतनालाई वास्ता गरिएको थिएन ।

६= केही संचार माध्यमले पूर्णरुपमा आचारसंहीता  पालना नगरेको र निर्बाचन आयोगको कारबारीको सिफारिसलाई अबज्ञा गरेको देखीयो ।

७= धेरै जसो बुथ केन्द्रमा मतदान गर्ने स्थान सानो र बाहीरबाट हेर्न र निगरानी गर्न सक्ने अबस्थामा राखिएको देखीएको यस सम्बन्धमा हामीले सोधपुछ गर्दा ठाँउको समस्याले यस्तो गर्नु परेको भनाई निर्बाचन अधिकृतहरु थियो । यसबाट मतदाताहरुमा मतदान गर्दा अप्ठ्यारो महसुस गरेको हामीले पाएका थियौं ।

 

समग्रमा निर्बाचन शान्तीपूर्ण सम्पन्न भएकोमा हामी खुशी व्यक्ति गर्दछौं । यस संस्थाबाट निशुल्क र आफ्नै खर्चमा हामी नेपालीहरुको संविधान सभाको चुनावमा सहभागी हुनु भएका सम्पूर्ण ३२० प्रर्यवेक्षकहरुलाई धन्यबाद ।

 

मनोज कुमार कँडेल

महासचिब

केन्द्रिय निर्बाचन पर्यबेक्षण परिचालन समिती

िमती २०७० मंसीर ४

---------------------------------------------------------------------------------------------------------------------------------------------------
िमती २०७०।८।३

निम्न कुराहरुमा सम्पुर्ण जिल्ला निर्बाचन अधिकृतहरुलाई सू सुचीत हुन र होसीयार रहन आग्रह गर्दछौं ।

१)भोली अज्ञात समुहको नाममा केही अज्ञात समुहले मतदान क्षेत्र वरीपरी विष्फोटक पदार्थ राख्ने, मतदानको लागी जाने बाटोहरुमा विष्फोट गराउने जस्ता कृयाकलाप हुन सक्ने र आफ्नो विरोधी मतदाताहरुलाई विचमै रोक्ने कार्यहरु हुन सक्ने भएको हुदाँ यस सम्बन्धमा सचेत हुन जरुरी छ ।

२) फेडेन नेपाललार्इ ४० वटा जिल्लाबाट आएको रिपोर्ट अनुसार प्रत्येक जिल्लामा उम्मेदबारहरुले मौन समयमा पुर्णत आचारसंहीता उल्लघन गरिरहेकाछन् । सबै क्षेत्रमा भोज भतेर खुवाउने, पार्टी दिने कार्य भै रहेको छ । यस सम्बन्धमा सचेत हुन र छानविन गर्न अनुरोध गर्दछौं ।

३) हामीले पाएको जानकारी अनुसार पर्यबेक्षणको लागी स्वीकृती लिएको सबारी साधनहरु केही संस्थाहरुले विभिन्न पाटीको मतदातालाई ओसार पसार गर्नको लागी तयार गरेको देखीएको हुदाँ यस सम्बन्धमा ध्यान दिन र होसीयारपूर्बक हेर्नको लागी अनुरोध गर्दछौं ।
४) पर्यबेक्षणको लागी भनी केही ठूला भनिएका र मुख्यतय विदेशीहरुबाट पैसा लिएका पर्यवेक्षण गर्ने संस्थाहरुले विदेशीको पैसा अनुसार नाम देखाउनको लागी हिजो सम्म पनि नाम संकलन गरिएको र पर्यवेक्षको परिचय पत्र लिएको देखीएको हुदाँ यसलाई तुरुन्त रोक्न अनुरोध गर्दछौं । विना तालीम लिएका व्यक्ति पर्यबेक्षणमा खटाउनु पर्यवेक्षणको आचारसंहीता विरोधी भएको हुदाँ यसलाई तुरुन्त रोक्न अनुरोध गर्दछौ
​।


मनोज कुमार कँडेल
सदस्य सचिब
केन्द्रिय चुनाव पर्यबेक्षण परिचालन समिती
९८५१०२१३७१

_________________________________________________________________________________________________________________

View All